Logo
Logo

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


882
Shares

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्