Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


441
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ । 

यसअघि सोमबार भने यसको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो ।मंगलबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

यो मूल्य अघिल्लो दिनकने तुलनामा ४८ पैसाले वृद्धि भएको छ ।  यसअघि आइतबार पनि युरोको भाउमा ७५ पैसाले वृद्धि भएको थियो । सोमबार यसको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा तोकिएको छ। सोमबार उक्त पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ २८ पैसा कायम गरिएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ ।

यस्तै, मंगलबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ८६ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा पाइन्छ ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ । त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसामा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्