Logo
Logo

‘मानव अधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम भइरहेको छ’


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाले नै मानव अधिकार आयोगलाई घेराबन्दीमा पार्ने र तर्साउने काम गरेको बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले खुकुरी र बन्दुकको आडमा मानव अधिकार आयोगलाई घेराबन्दी गर्ने र तर्साउने काम भएको बताएका हुन् ।

उनले अहिलेको अवस्थामा मानव अधिकारप्रति समर्पित र इमान्दार हुनुपर्ने बताए । ओलीले अहिले पनि मानवअधिकार विरोधी काम भइरहेको भन्दै मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोगले गम्भीरताका साथ लाग्नुपर्ने बताए ।

उनले अनेक ठाउँमा मृत्युदण्ड जस्तो सजाय रहेको नेपालमा पनि त्यसको बहस हुने भन्दै उनले नेपालमा मृत्युदण्डको व्यवस्था गर्न नहुने धारणा राखे ।

ओलीले राष्ट्रको स्वाधिनतालाई जनविरोधी, पक्षपाती, विभेदकारी गर्ने कामका विषयमा निर्णय गर्ने अधिकार राज्यलाई भएकाले संयुक्त राष्ट्रसंघको विभेदलाई स्वीकार गर्न नसक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्