
काठमाडौं । ६ वटा प्रदेशका प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर ६ वटा प्रदेशका प्रमुखहरुले प्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता गरेका हुन् ।
प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।











