Logo
Logo

१४ करोड बराबरको रक्तचन्दनको तेल काठमाडौंमा, चिनियाँ ग्राहक खोज्दै गिरोह


3.1k
Shares

काठमाडौं । नेपालमा रक्तचन्दनको कारोबार गैरकानुनी मानिन्छ । तर, रक्तचन्दनको अवैध कारोबार भने रोकिएको छैन ।

पछिल्लो समय भारतबाट नेपालका विभिन्न नाका हुँदै काठमाडौंमा ७ हजार लिटर प्रतिबन्धित रक्तचन्दनको तेल भित्रिएको पाइएको छ ।

प्रहरी प्रशासन र राजनीतिक पहुँचमा भएका व्यक्तिसँग लाइन मिलाएर ठूलो मात्रामा रक्तचन्दनको तेल काठमाडौं ल्याएका गिरोहहरू यतिखेर चिनियाँ ग्राहको खोजीमा जुटेको स्रोतले बताएको छ ।

पछिल्लो समय दुई समूह रक्तचन्दनको तेल तस्करीमा संलग्न रहेको बुझिएको छ । एउटा समूहले विभिन्न चरणमा ५ हजार लिटर र एक समूहले २ हजार लिटर रक्तचन्दनको तेल भित्र्याएको बुझिएको छ ।

नेपालमा जारी आर्थिक मन्दीका कारण गिरोहहरूले ठूलो मात्राको रक्तचन्दनको तेल बिक्री गर्न नसकेको बुझिएको छ । त्यसैले उनीहरु चिनियाँ ग्राहकको खोजीमा जुटेका छन् ।

चिनियाँ ग्राहक खोजिरहेका गिरोहहरूले प्रतिलिटर २ लाखसम्म मूल्य तोक्ने गरेको बुझिएको छ । प्रति लिटर २ लाखमा बिक्री हुने हो भने उक्त तेलको मूल्य १४ करोड भन्दा धेरै मूल्यको हुने अनुमान गरिएको छ । 

भारतबाट नेपाल हुँदै चीनसम्म लामो समयदेखि रक्तचन्दनको तस्करी हुँदै आएको छ । काठको रुपमा हुँदै आएको रक्तचन्दन तस्करीमा कडाइ भएपछि पछिल्लो समय गिरोहहरूले तेल बनाएर तस्करी गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्