Logo
Logo
स्ववियु निर्वाचन

यस्तो छ अनेरास्ववियूकाे २४ नारा (घोषणापत्र पूर्णपाठ)


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु चुनावलाई लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले बुधबार अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘मिसन स्ववियु, भिजन २४’ नारासहित स्ववियु निर्वाचनमा होमिएको अनेरास्ववियूले विश्वविद्यालय सुधारका लागि २२ बुँदे शैक्षिक एजेण्डालाई घोषणापत्रमार्फत् अघि सारेको अध्यक्ष पराजुलीले बताए ।

जसमा शिक्षामा सबैको अधिकार– धनी–गरिब बराबर, समाजवादी शिक्षा–समयमै परीक्षा, शैक्षिक संस्थामा नोलाइन–सबै काम गरौं अनलाइन, शिक्षामा छोरी बुहारी–राज्यको प्रमुख जिम्मेवारी, अन्त्य गर्छौं निजीकरणको आधार–बन्द गरौं शिक्षामा व्यापार लगायतका रहेका छन् ।

संगठनले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर बनाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, निजी शैक्षिक संस्थालाई सम्बन्धन दिन बन्द गर्नुपर्नेजस्ता एजेण्डा अघि सारेको छ ।

साथै, अनेरास्ववियूले १७ बुँदे प्रतिबद्धतासमेत अघि सारेको छ । आफ्नो संगठनलाई जिताइए स्ववियुलाई साझा संस्था बनाइने, विश्व विद्यालय र क्याम्पसमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने, ट्रान्सक्रिप्ट र माइग्रेसनलगायतका प्रमाणपत्र सम्बन्धित क्याम्पसबाटै दिलाइनेलगायतका प्रतिबद्धता संगठनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्