Logo
Logo
उपराष्ट्रपति निर्वाचन

गठबन्धनको साझा उम्मेदवार रामसहाय कि ममता ?


1.3k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे समझदारी नभएपछि बिहीबार पुनः बैठक बोलाइएको छ ।

बुधबार साँझ बसेको १० दलीय सत्ता गठबन्धन बैठकमा जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा कसलाई साझा उम्मेदवार बनाउने भन्नेबारेमा छलफल भएको थियो । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार छलफल सकारात्मक भएपनि सहमति नभएकाले पुनः भोलि (बिहीबार) बैठक बस्ने भएको हो ।

यसअघि बुधबारै नै बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले जसपाका रामसहायप्रसादलाई मत दिने निर्णय गरिसकेको छ । तर, सत्ता गठबन्धनमै रहेका जनमतका ममता झाले पनि उम्मेदवारी फिर्ता लिएकी छ्रैन् । त्यसैले पनि गठबन्धन उपराष्ट्रपतिका लागि कसलाई साझा उम्मेदवार बनाउने भन्नेबारे छलफलमा जुटेका हुन् । ममतालाई लोसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थन छ ।

बिहीबारसम्म साझा उम्मेदवार तय हुने र एकजनाको उम्मेदवारी निष्क्रिय गर्ने आजको बैठकमा सहमति भएको एक नेताले बताए । उनले भने, ‘रामसहाय र ममतामध्ये एक जना उम्मेदवार रहनेछन् ।’ उनका अनुसार रामसहाय गठबन्धनको साझ उम्मेदवार रहने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्