Logo
Logo

कोशी प्रदेशमा थप ६ दिन सार्वजनिक बिदा


441
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले थप ६ दिन अतिरिक्त बिदा दिने निर्णय गरेको छ । प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रले दिने बिदा बाहेक थप ६ वटा सार्वजनिक बिदा दिनेबारे राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले आउँदो साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने निर्णय गरेको छ ।

यस्तै, असोज २ गते ऋषि पञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिइने भएको छ भने कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन प्रदेशभर सार्वजनिक बिदा दिइने निर्णय भएको छ ।

यस्तै, मंसिर ४ गते छठ पर्वको समापनको दिनमा पनि बिदा दिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्ति प्रसाद सिटौलाले जानकारी दिए । केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्मावलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरूलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

त्यसैगरि स्थानीय तहका कर्मचारीको सेवा सर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्