Logo
Logo

नेपाली टिमलाई ओलीको हौसला- राष्ट्र तपाईंको साथमा छ


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन ।

कीर्तिपूरस्थित खेल मैदानमा जारी युएईबिरुद्ध मैदानमा उत्रिएको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन् ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत टिमलाई हौसला दिँदै भनेका छन्, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’

प्रतिक्रिया दिनुहोस्