Logo
Logo

मञ्जु अन्सारीलाई समानुपाति सांसद बनाउने जसपाको निर्णय


2.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद बनाउने भएको छ । पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सप्तरीकी अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको उनले बताएका छन् ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ । यसअघि मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्