Logo
Logo

उपराष्ट्रपति निर्वाचनबारे कुनैपनि प्रकारका गतिविधि नगर्न आयोगको आग्रह


378
Shares

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन दलहरुलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा विज्ञप्ति जारी गर्दै निर्वाचनलाई निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आग्रह गरेका हुन् ।

आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनैपनि प्रकारका गतिविधि नगर्न समेत आग्रह गरेको छ ।

‘उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार बिहान बैठक बोलाएको छ । यअसघि कांग्रेसले बिहीबार मौन अवधि सुरु भएपछि रामसहाय यादवलाई मत दिने निर्णय गरेको थियो ।
उपराष्ट्रपति पदका लागि गठबन्धनबाट रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्