Logo
Logo

आईसीसी विश्वकप लिग-२ : यूएईविरुद्ध भीम सार्कीको अर्धसतक


1.4k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा भीम सार्कीले यूएईविरुद्ध अर्धसतक पूरा गरेको छ । उनले ६० बलमा ६ छक्का प्रहार गर्दै अर्धसतक पूरा गरेका हुन् ।

यसअघि नेपालको लागि कुशल भुर्तेलले यूएईविरुद्ध पनि अर्धसतक पूरा गरेका थिए । उनले ३२ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कीर्तिपुरस्थित टियू मैदानमा भइरहेको खेलमा तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले चार विकेट गुमाएर १ सय ५२ रन बनाए र खेलिरहेको छ।

टस जितेको ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभर खेल्दै तीन सय १० रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्