Logo
Logo

गृहमा तीन दलको दावी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्दै गर्दा सत्ता साझेदारी दलहरुबीच मन्त्रालय भागबन्डाबारे भने अझै सहमति जुटेको छैन । कसले कुन मन्त्रालय लिने भन्नेबारे छलफल तिव्र छ । तर, गृह मन्त्रालयमा भने नेकपा एकीकृत समाजवादी पार्टीहित तीनदलको दावी रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आफैले अहिले गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका छन् । त्यसमध्ये नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी रहेको बुझिएको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीका नेताहरुले गृसहित तीन महत्वपूर्ण मन्त्रालय दावी गरिरहेका छन् । भने कांग्रेसले पनि गृह र अर्थ दावी गरेको छ । प्रधानमन्त्रीकै पार्टीले गृह मन्त्रालय सम्हालनु पर्ने माओवादी नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्