Logo
Logo

म निर्वाचित भए राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्नेछु : यादव


1k
Shares

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफू निर्वाचित भए राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए ।

‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा गर्ने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ । नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्