काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार ममता झाले उपराष्ट्रपतिमा महिलाको जित निश्चित रहेको बताएकी छन् ।

शुक्रबार बानेश्वस्थित संसद भवन परिसरमा उनले संविधान र आफु निर्वाचित भए देशको संविधान र कानुनअनुसार मुलुकलाई अघि बढाउने पनि बताईन् ।
उपराष्ट्रपति निर्वाचनका मतदाताहरु संविधान बनाउने काममा समेत सहभागी भएका र संविधान समेत अध्ययन गरेकाले महिलालाई जिताउने उनको भनाई छ । ‘यहाँ भोट गर्ने जो जो हुनुहुन्छ, उहाँहरुलाई संविधानले गरेको व्यवस्था थाहा छ त्यसैले मलाई विश्वास छ कि महिलाको जित हुन्छ’, उनले भनिन् ।











