
काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यले मतपरिणाम आफुअनुकुल हुने बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारसँग कुरा गर्दै शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने र त्यसमा आफूले नै जित्ने सम्भावना बढेको बताएका हुन् ।
‘निर्वाचनमा स्वस्थ–अस्वस्थ, मर्यादित–अमर्यादित अनेकौं चलखेल हुन्छ । तर, यो निर्वाचन आफु अनुकूल देख्दैछु, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं,’ उनले भने ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनको भनाई थियो ।











