Logo
Logo

किरिया बसेका बडाल उपराष्ट्रपति मतदानमा सहभागी


819
Shares

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । बुबाको किरियापुत्री बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडाल पनि मतदानमा सहभागी भएका छन् । 

कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर, उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान गर्न सेतो लुगा लगाएर संसद भवन पुगेका हुन् ।  मत दिनुअघि पत्रकारहरुसँग कुरा गर्दै प्रदेश सांसद बरालले ‘पार्टीको आग्रह र मतदाताले आफूप्रति गरेको भरोसाका लागि मत दिन आएको बताए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् । 
 

प्रतिक्रिया दिनुहोस्