Logo
Logo

पूर्व प्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान


441
Shares

काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट पूर्वप्रधानमन्त्रीद्धय नेपाल र देउवाले मतदान गरेका हुन् ।उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

अपराह्न १२बजेसम्म सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय यादव, जनमतबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्