काठमाडौ । उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । जसमा २१ जना संघीय सांसद र ३२ प्रदेश सांसदले रहेका छन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेको थियो । तर, निर्वाचन प्रक्रियामा संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू
राप्रपा संघ १४, प्रदेशतर्फ २८ गरि ४२ जना, नेमकिपा संघ १ र प्रदेश ३ गरि ४ जना, राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका संघका चन्द्र चण्डारी बिरामी भएकाले मतदानमा सहभागी भएनन् ।
यस्तै, संघका बर्षमान पुन पनि बिरामी भएकाले निर्वाचनमा सहभागी भएनन् । जसपाका सांसद संघका सनाज रहमान मृत्य भएको छ ।
यस्तै, संघका लक्ष्मी कोईरी महतो (फरार) रहेकाले मतदाना सहभागी भएनन् भने संघको मनोरमा शेरचन पनि बिरामी भएकाले मतदाना सहभागी नभएको निर्वाचन कार्यलयले जनाएको छ ।











