Logo
Logo

सुयोग श्रेष्ठ डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्ष चयन



काठमाडौं । विकास बैंकहरुको साझा संस्था ‘डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ । सो संस्थाका अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।

उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यस्तै, सदस्यमा साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले विकास बैङ्कको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिवद्धता जनाए । आजका विकास बैंक व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकजस्तै रहेको बताए ।

कूल ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैङ्कको उपलब्धि भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्