Logo
Logo

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्नेछु : नवनिर्वाचित उपराष्ट्रपति


1.7k
Shares

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन प्रयास गर्ने बताएका छन् ।

आज (शुक्रबार) उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न बाँकी रहेको र त्यसलाई निष्कर्षमा पुर्याउन आफ्नो तर्फबाट इमान्दारीपूर्वक प्रायस गर्ने बताए ।

उनले भने, ‘शान्ति प्रक्रिया अहिले निष्कर्षमा पुग्न बाँकी छ । त्यो निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट हुने प्रयास इमान्दारीपूर्वक गर्ने छु ।’

उनले अफूलाई मत दिने संघीय र प्रदेश सांसद्लाई धन्यवाद दिँदै राष्ट्रिय एकताको लागि पहिल गर्ने बताए ।

आज भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्