काठमाडौं । आज विहान देशका केही भागमा वर्षा भइरहेको छ । देशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।











