Logo
Logo

शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान


693
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुलाई आज बिहान शीतल निवासमा चियापानका लागि निम्तो गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्