Logo
Logo

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार भोलि बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेगरी बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत लिनेबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यही ६ गते विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्