Logo
Logo

पोखरामा कार्टुनिस्ट वात्स्यायनलाई नागरिक अभिनन्दन



पोखरा । बरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’लाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । ८० वर्ष पूरा भएको अवसरमा उनलाई शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्ममय तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

वात्स्यायनको नदीपुरस्थित उनको घरबाट रथयात्रा गरी बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन गरिएको थियो । बाजागाजासहित रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए ।

अभिनन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनलाई ‘व्यंग्यचित्रका बादशाह’को उपमा दिँदै भने, ‘समाजका विकृति, विसङ्गति, राजनीतिका विकृति, विसङ्गतिको विरूद्धमा कार्टुनको माध्यमबाट कसैले युद्ध छेडेका छन् भने त्यो वात्स्यायनले छेडेका छन् । प्रजातन्त्र प्राप्तिको इतिहासमा कार्टुनको माध्यमबाट उनले जति योगदान अरूले कसैले पु¥याएका छैन ।’

यस्तै, साहित्यकार सरूभक्तले वात्स्यायन कला क्षेत्रमा निरन्तर साधनाले ऋषित्व प्राप्त गरको व्यक्ति भएको चर्चा गरे । उनले भने, ‘वात्स्यायन चित्रकला जगतका मूर्धन्य कलाकार हुन् । अन्य कलाकारका समेत व्यंग्यचित्रमा वात्स्यायनको प्रभाव देखिन्छ ।’
अभिनन्दनपछि वात्स्यायनले चित्रकलाका सुरूआति दिनदेखिका आफ्ना संघर्ष गाथा सुनाएका थिए । उनले भने, ‘यो अभिनन्दन पाएर आफूलाई ौभाग्शाली सम्झिएको छु । पोखराले गर्दा सबैथोक पाएँ ।’

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले वात्स्यायनलाई अभिनन्दन गर्न पाउँदा पोखरा धन्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्