काठमाडौं । नेपाल पत्रकार महासंघले संघीय संसदक ासभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ ।
शुक्रबार संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले सभामुख घिमिरेसँग भेटेका थिए । सोक्रममा सभामुख घिमिरेले पत्रकारमाथि अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

सभामुखको अभिव्यत्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले ठहर गरेको छ । शनिबार महासंघले विज्ञप्ति जारी गर्दै सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
महासंघका महासचिव रोसन पुरीद्वारा जराी विज्ञप्तिमामा भनिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’
महासंघको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा सभामुख घिमिरेले पत्रकारहरु मात्र नभएर महासंघ नै बिक्रीमा हुने गरेको जस्ता अभिव्यक्ति दिएका थिए ।
सभामुख घिमिरेले दिएको अभिव्यक्ति भिडियोमा हेर्नुस् :











