Logo
Logo

कारगेटविनै बसन्तपुर पुगे राष्ट्रपति, तोडियो राजसी शैली



काठमाडौं । राष्ट्रपति हुनअघि रामचन्द्र पौडेलले ‘परम्परा तोड्छु’ भनेका थिए । उनले त्यो आफ्ना बाचा शनिबार पूरा गरेका छन् । राष्ट्रपति पौडेल शनिबार सुरक्षा कारकेडविनै काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगे ।

गणतन्त्र स्थापनापछि देशले यसअघि दुई जना राष्ट्रपति पाइसकेको छ । गणतन्त्रका दुवै राष्ट्रपतिको राजसी शैली देखेर जनता आजित थिए भने उनीहरुले जनस्तरमै आलोचित बनेका थिए । पूर्वराष्ट्रपतिद्वयको आलोचना सुनेका पौडेलले राष्ट्रपति हुनअघि ‘राजसी शैली अर्थात पुरानो परम्परा तोड्ने’ बताएका थिए ।

शनिबार अपरान्ह कुमारी घरमा दर्शन पुग्दा राष्ट्रपति पौडेलको सुरक्षा कारगेट थिएन । त्यसैले कतिपय राष्ट्रपति आएको समेत थाहा पाएनन् । राष्ट्रपति पौडेलको सवारीमा बाटो ठप्प बनाइएन । सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन

यसअघि राष्ट्रपति हुनेवित्तिकै पशुपतिनाथको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो । तर, त्यतिखेर उनको आलोचना भएको थियो । त्यतिखेर राष्ट्रपति पौडेललाई ‘उही परानै तालका राष्ट्रपति’ भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

तर, शनिबार राष्ट्रपति पौडेल कारगेटविनै मात्र अगुवा–पछुवा गाडी लिएर बसन्तपुर पुगेर कुमारीको दर्शन गरेका छन् । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन । राष्ट्रपति पौडेलको आजको सवारीलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्