काठमाडौ । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठक प्रधानमन्त्रीले लिने विश्वासको मत, सत्ता बाँडफाँड लगायतबारे छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही चैत ६ गते अर्थात सोमबार विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । त्यसैले आजको बैठकमा सत्ता बाँडफाँटबारे छलफल गर्नलाई गठबन्धन बैठक बोलाइएको गठबन्धनका एक नेताले बताए । उनका अनुसार आजको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको समेत मिति टुंगो लगाउनेबारे समेत छलफल हुने भएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी छन् ।