Logo
Logo

प्रधानमन्त्रीले विश्वासको मत लिँदै, सत्तारुढ १० दल एकमतका साथ प्रस्तुत हुने



काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुबीच आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सोमबार प्रधानमन्त्रीले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी सहभागी थिए ।

त्यस्तै, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्