Logo
Logo

उपचार खर्च अभावले ६ वर्षदेखि साङ्लोमा बाँधेर राखिएका युवकको उद्दार



उदयपुर । उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्दार गरेर उपचार गर्न हेटौडा पठाएको हो ।

त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा विरामीको उद्दार गरि उपचारार्थ हेटौडा स्थित मानव सेवा आश्रम पठाएको छ । रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बि.क.को घरमा साङ्ग्लोले बाधेर बस्न बाध्य थिए ।

त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुयाउन सवारी साधनको व्यवस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजिकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिए ।

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक विरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले विरामीहरुको तथ्यांक संकलन गरेर नियमित उद्दार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्