Logo
Logo

स्ववियु निर्वाचन आज, १४ वर्षपछि नयाँ नेतृत्व चुनिँदै


567
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियुले १४ वर्षपछि नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्