Logo
Logo

मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्ष निर्वाचित



काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । संघको हिजो शनिबार काठमाडौंमा सम्पन्न भएको १९ औं महाधिवेशनले निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको अध्यक्षमा निरौला र रेजिना उप्रेती प्रतिस्पर्धामा थिए । अध्यक्ष पदकी निकटतम प्रत्यासी उप्रेतीलाई २६ मतले हराउदै उनी निर्वाचित भएका हुन् । संघको निर्वाचनमा ४६८ मत खसेकोमा निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भउको थियो ।

उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्