Logo
Logo

नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


6.8k
Shares

काठमडौं । नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी संगठनहरुको आपसी विवादलाई देखाउँदै मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको निर्वाचन स्थगित गरिएको हो ।

क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जानकारी दिएका छन् ।

साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेका थिए । स्ववियु निर्वाचनको मतदानभन्दा अघिल्लो साँझ स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्