
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नहुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशका विभिन्न क्याम्पसमा आइतबार स्ववियु निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो । विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा स्ववियु चुनाव प्रभावित बनेको हो ।
फागुन १७ गतेसम्म मात्रै नयाँ विद्यार्थी भर्ना गर्नुपर्नेमा क्याम्पस प्रशासनले त्यसपछि पनि विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ । सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनहरूले विद्यार्थी भर्नाको विरोध गरेपछि स्ववियु निर्वाचन प्रभावकारी भएको जनाइएको छ ।











