Logo
Logo

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल


693
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज (आइतबार) हुने स्ववियू निर्वाचनमा सहयोग गर्न अपिल गरेको छ । त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहयोग गर्न अपिल गरेका हुन् ।

अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्र गरेका छन् । अधिकारीले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।

स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियु निर्वाचनको मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्