Logo
Logo

रोटरी क्लव काठमाडौं वेस्टद्वारा थाहा नगरपालिकाका ५ जनालाई ह्वील चियर प्रदान


819
Shares

काठमाडौं । रोटरी क्लव अफ काठमाडौं वेस्टले थाहा नगरपालिका भित्र रहेका ५ जना अपांग भएका व्यक्तिहरूलाई ह्विल चेयर प्रदान गरेको छ ।

रोटरी क्लव अफ ताइवान र रोटरी क्लव अफ पोखराको सहयोगमा नगरका ५ जनालाई व्यक्तिगत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई वटा ह्विल चेयर प्रदान गरिएको हो ।

कार्यक्रममा थाहा १० का समर गमाल, थाहा १० कै भुकुमाया गमाल, थाहा ४ कि प्यारा अधिकारी, थाहा ५ कि विनिता भोम्जन र थाहा ७ कि पुष्पा कार्कीलाई ह्वील चियर प्रदान गरिएको हो भने दुई वटा ह्विल चियर पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासियालाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्