
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यस्तै कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षकाे बेञ्चमा बस्ने र सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ ।
यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक बस्न सकेकाे थिएन । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख विपक्षीको दाबी गरेकाे थियो ।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, आजदेखि सत्ता पक्षमा बस्ने र सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए ।











