Logo
Logo

मन्त्री छान्न कांग्रेसले तोक्यो चार मापदण्ड


10.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभमागी हुने निर्णय गरेको छ । आइतबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको कांग्रेसले मन्त्री बन्न चारवटा मापदण्ड तोकेको छ । बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकारमा पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने उनको भनाइ छ । उनका अनुसार कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्नेबारे टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्