Logo
Logo

भारतीय दूतावासमा ‘अन्न’ सम्मेलन


0
Shares

काठमाडौं । काठमाडौँस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय अन्न सम्मेलन आयोजना सम्पन्न गरेको छ । ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’ को अवसरमा भारतको नयाँ दिल्लीमा ‘ग्लोबल मिलेट्स सम्मेलन’ आयोजना गरिएको थियो । सो अवसरमा शनिबार काठमाडौँस्थित भारतीय दूतावासमा पनि सम्मेलन आयोजना गरिएको भारतीय दूतावासले जानकारी दिएको छ ।

काठमाडौँमा आयोजना गरिएको सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गरेका थिए । दूतावासमा आयोजित सम्मेलनमा नेपालका उद्योग, वणिज्य तथा आपूर्ति सचिव मधुकमार मरासिनी, नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन शिमुजु, कृषि उद्योग तथा कृषि संगठनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

दिल्लीमा भएको सम्मेलनमा प्रधानमन्त्री मोदीले आईवाईएम–२०२३ अंकित हुलाक टिकट र सिक्का सार्वजनिक गरेका थिए । सोही अवसरमा इण्डियन काउन्सिल एग्रीकल्चरल रिसर्च एण्ड इण्डियन इस्च्यिुट अफ मिलेट्स रिसर्चलाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स इन मिलेट्स रिसर्च’ घोषणा पनि गरे ।

खाद्य सुरक्षा, पोषण तथा जलवायु सन्तुलनमा कादोजन्य बालीको महत्त्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२१ म संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्