Logo
Logo

जनयुद्धका सहिदको सूची अद्यावधिक गरेर राजपत्रमा प्रकाशित गरिने


1.3k
Shares

काठमाडौं । सरकारले जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको हो ।

यसअघि ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो । जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।

गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने जनाइएको छ भने नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गरिने स्रोतको भनाई छ । जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित गर्न लागिएको हो ।

पहिलो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्धका मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएपनि सहिदको नाम राजपत्रमा प्रकाशित नभएपछि आधिकारिक हुन सकेको थिएन । हाल पुन: प्रचण्ड प्रधानमन्त्री भएपछि सबै जनयुद्धमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्