
विराटनगर । प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित मोरङको विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको प्रदर्शन महेन्द्र चोकहुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको बेला प्रहरीले अश्रुग्याँस र हवाइ प्रहार गरेको हो ।
प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।













