Logo
Logo

प्रदर्शनकारीद्वारा मुख्यमन्त्रीको पुतला दहन


1.9k
Shares

विराटनगर । प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ ।

प्रहरी दमनविरुद्ध प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।

प्रदेश नं.१ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ ।

सो क्रममा केही राउण्ड हवाइ फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्