
विराटनगर । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य मागसहित प्रदर्शमा उत्रेका पहिचानवादी प्रदर्शनकारीले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्रमा तोडेका छन् ।
विराटनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ ।
प्रहरीले अश्रुग्याँस र हवाइ फयर गरेपछि झनै आक्रोसित प्रदर्शनकारीले विषेधित क्षेत्र तोड्दै मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।











