Logo
Logo

अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानलै विजयी


19k
Shares

कैलाली । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनको मतदानमा १५ मतसहित अखिल क्रान्तिकारीका सरश्वती तिरुवा सभापतिमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा अनेरास्ववियुका विमला रेग्मीले ४ मत मात्र पाए ।

उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । निर्वाचनमा २५ मत खसेकोमा एक मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्