Logo
Logo

प्रधानमन्त्रीले भने- सय प्रतिशत सांसदकै मतको आशा छ


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकबाट आफूले शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुको जिज्ञासाको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री भएपछि प्रचण्डले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सय प्रतिशत सांसदले आफूलाई विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरेका हुन् ।

प्रधानमन्त्रीलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्