Logo
Logo

स्ववियु निर्वाचन शान्तिपूर्ण, ६० प्रतिशत मत खसेको अनुमान


378
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसहरुमध्ये अधिकांशमा मतदान सकिएको हो ।

आन्तरिक विावदका कारण् केही क्याम्पसहरूमा भने कारण मतदान रोकिएको छ । मतदान सम्पन्न क्याम्पसहरूमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीका अनुसार मतदान उत्साहजनक सम्पन्न भएको छ । निर्वाचको क्रममा कतैपनि अप्रिय घटना नभएको उनले बताए । निर्वाचन प्रक्रिया रोकिएका क्याम्पसहरुमा पनि केही दिनभित्रमा निर्वाचन हुने उनको भनाइ छ । स्ववियु निवाृचन इतिहासमा पहिलोपटक शान्तिपूर्ण वातावरण मतादन सम्पन्न भएको हो ।

आंगिकबाहेक अधिकांश सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन सम्पन्न भएको छ । तीमध्ये कतिपय स्थानको मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिने बताइएको छ ।

यसअघि नै त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ भने बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्