Logo
Logo

नेविसंघका श्यामराज त्रिवि केन्द्रीय क्याम्पसको सभापति निर्वाचित



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

आइतबार भएको स्ववियु निर्वाचनमा ओझाले ८९४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेनिटक अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्