Logo
Logo

स्ववियु निर्वाचन : बाजुराको कोल्टीमा निषेधाज्ञा जारी



बाजुरा । बाजुरा जिल्लाको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

आइतबार स्ववियु निर्वाचनका क्रममा प्रतिस्पर्धी विद्यार्थी संगठनबीच झडप भएको थियो । सोक्रममा कोल्टी बजार तनावग्रस्त बनेपछि सोमबार बिहानसम्म निशेषज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुुष्कर खड्काले स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएकाले बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा जारी गरिएको बताए ।

झडपका क्रममा बजार क्षेत्रमा समेत ढुंगामुढा भएको थियो भने एउटा मोटरसाइकल भएको छ । अहिले कोल्टी बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थी संगठनबीच झडप भएपछि अवस्थालाई नियन्त्रणमा प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो ।

उक्त क्याम्पसमा एमालेनिकट अनेरास्ववियुु र नेपाली कांग्रेस–एकीकृत समाजवादी–माओवादी केन्द्र निकट तीनवटा विद्यार्थी संगठनको संयुक्त प्यालनबीच प्रतिस्पर्धा भएको छ । झडप भएपछि मतदान स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्