Logo
Logo

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित


378
Shares

काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

सभापतिमा अर्जुन गैरे २९१ मत ल्याएर निर्वाचित भएका छन् । उनको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धनबाट नेविसंघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीका धनीकुमारी पन्थीले ५५ मत पाएका छन् ।

सचिवमा अनेरास्ववियुका गौरव ज्ञवालीले २७८ मत पाएर विजयी हुँदा नेविसंघकी सविता अधिकारीले १३७ र अखिल क्रान्तिकारकिा रविन न्यौपानेले ८२ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शोभराज जैसी २५९ मत पाएर विजयी हुँदा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका शिशिर भट्टराईले ११९ मत र अखिल क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत पाएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुकै रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्