Logo
Logo

केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीमा अखिलको संयुक्त प्यानल विजयी


2.7k
Shares

दाङ । केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीको स्ववियुको अखिलको संयुक्त प्यानल विजयी भएको छ ।

सभापतिमा अनेरास्ववियुका हेमन्त बञ्जाडे निर्वाचित भएका छन् । उनले ८३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजयप्रताप चोबेले ६१ र नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरेका छन् ।

सचिवमा अनेरास्ववियु क्रान्तिकारीका गणेश पौडेल विजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका कुन्दनकुमार जैसवाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुबाट अपेक्षा पोख्रेल, अनेरास्ववियु क्रान्तिकारीबाट रोशन चौधरी, मंगल थारु र नेबिसंघबाट डेकेन्द्र थापा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्